सनराइज बैंकको ३ अर्ब रकमको ऋणपत्र बिक्री «

सनराइज बैंकको ३ अर्ब रकमको ऋणपत्र बिक्री

सनराइज बैंकले जारी गरेको ७ वर्ष अवधि रहेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्णरूपमा बिक्री भएको छ । गत असोज २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा शुक्रबार २४ गते र ढिलोमा मंसिर १९ गतेसम्म खुला थियो । १०.२५ प्रतिशत ब्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६-७-२४ गते सम्ममा पूर्ण बिक्री भएको बैंकले जनाएको छ ।
सर्वसाधारण निष्कासनको तर्पmबाट ४५ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको ४५ लाख ३ हजार ८ सय २९ कित्तार परिपत्रविधिको तर्पmबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको २५ लाख ४६ हजार १ सय ७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ ।
ऋणपत्रको बाँडफाँट मंसिर २७ गते शुक्रबार गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्रपूर्ण रूपमा बिक्री गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्