सिद्धार्थ बैंकद्वारा अपांगबाल अस्पताललाई सहयोग

सिद्घार्थ बैंकले आइतबार प्रदेश नं ३, काभ्रे जिल्लाको बनेपास्थित अपांग बालअस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान गरे ।
अपांग बालअस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २ सय अपांग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।