टाटा मोटर्सको शोरुममा विन्टर ब्लेसिङ «

टाटा मोटर्सको शोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले जाडो यामको अवसरमा विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित शोरुममा मंसिर २७ गते शुक्रवार सुरु भई मंसिर २९ गते आइतबार समापन भएको थियो ।
उक्त अवसरमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गरेका थिए । कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आकर्षणहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्