कर्णालीको प्राथमिकता छिमेकी देशका नाका जोड्ने सडकमा «

कर्णालीको प्राथमिकता छिमेकी देशका नाका जोड्ने सडकमा

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले हुम्ला र डोल्पामा यथाशीघ्र सडक पु¥याउन उत्तर चीन जोड्ने तीनवटा नाका खोल्नेलगायतका निर्णय गरेको छ ।
भारतसँग सीमा नजोडिएको प्रदेश ६ को उत्तरी छिमेकी देश चीनको तिब्बतसँग सीमा जोडिएका कारणले प्रदेश ६ को प्राथमिकतामा उत्तरी नाका परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विमला केसीले जानकारी बताइन् । “प्रदेश नं ६ का प्रदेशसभा सदस्यहरूले कर्णाली हुँदै छिमेकी देश चीन जोड्ने सडकलाई प्राथमिकता राखी छलफल भएको छ । त्यसका लागि पहल गर्ने निर्णयसमेत गरिएको छ ।” उनले भनिन्, “कर्णाली राजमार्गको स्तरोन्तिसँगै चीनको उत्तर–दक्षिण जोड्ने सडक आवश्यक छ ।”
प्रदेश ६ को समृद्धि एउटा आधार भारत चीनको व्यापार हब बनाउनु पर्ने र त्यसका लागि उत्तर–दक्षिण जोड्ने सडक विस्तार नगरे कर्णालीमा विकासको ढोका नुखल्ने भएका कारणले उत्तरी नाका खोल्न जरुरी रहेको प्रदेश ६ का आन्तरिक मामिलामन्त्री नरेश भण्डारी बताए । “मुलुकको मोडेल प्रदेशका रूपमा ६ प्रदेशलाई विकास गर्न साझा प्रतिबद्धताका साथ अगाडि बढ्नुको विकल्प छैन ।” उनले भने, “उत्तरी नाका खोलेर चीन र भारतको ब्यापारिक हबका रूपमा कर्णाली प्रदेशको विकास गर्न जरुरी रहेको छ ।”

सडक अवस्था कस्तो छ ?
प्रदेश ६ मा उत्तरी नाकामा खोल्ने भनिएका तीनवटा सडक हिल्सा–हुम्ला सिमिकोट, नाक्चेलाग्ना–मुगु मगगढी र मरिड–उपल्लो डोल्पा हुन् ।
त्यसमध्ये गमगडीदेखि चीनसँग जोड्ने लाक्चेलाग्ना सडक अहिलेसम्म १५ किमि ट्रक खोलिसकेको छ । मुगु गमगडीदेखि चीनसँग जोड्ने लाक्चेलाग्ना सडक ९२ किमि पर्दछ । नाक्चेलाग्ना सडकका लागि हरेक बर्सेनि ४ करोड बजेट निकासा हुने गरेको छ । यो नाका खुलेमा कर्णाली राजमार्ग जोडिने छ ।
भेरी करिडोर हँुदै चीनको स्वशाषित क्षेत्र तिब्बत मारिम्ला भञ्ज्याङ–धो–डोल्पा दुनै जोड्ने यो सडकखण्डमा कुनै काम हुन सकेको छैन । अर्को निकै चर्चाका रूपमा रहेको कर्णाली करिडोर हुँदै हुम्ला सिमिकोट हुँदै चीनको हिल्सा जोडिने ९५ किमि लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किमि ट्र्याक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन् ।
यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किमिमात्र गाडी गुड्ने गरेका थिए । हिल्सा–सिमिकोट खण्डको ९ किमिमात्र निर्माण हुन बाँकी छ । यो सडकको काम हुम्ला सिमिकोट सडक आयोजना काम गरिरहेको छ ।

रमेश रावल

प्रतिक्रिया दिनुहोस्