बैंकमा ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणालीको सुरुवात

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा सहयोग गर्दै एनसीएचएलले २४ वटा वाणिज्य बैंकहरु एक आपसमा जोड्न कनेक्ट आरटिजीएस प्रणाली जडान गरी कार्यान्वयनमा ल्याएको छ । आरटिजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुले कनेक्ट आरटिजीएसलाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।
अधिकांश बैंकहरुले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्ट्नरको रुपमा नियुक्त गरेका थिए जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागि आवश्यक सिस्टमहरु तथा बैंकहरुलाई स्वसञ्चालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।
आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबार सदस्य बैंक र वित्तीय संस्थाहरुबीच गरिन्छ । आरटिजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फछ्र्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।
नेपाल राष्ट्रबैंकले कार्यान्वयनमा ल्याएको आरटिजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रका लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ । आरटिजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिका लागि एनसीएचएलद्वारा प्रदान गरिएको कनेक्ट आरटिजीएस बैंक तथा वित्तिय संस्थाहरुको बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छौटलाई टेवा पु¥याउने विश्वास लिइएको छ ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी तथा पीएसओ र अन्य सेवाप्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालनमार्फत समग्र बैकिङ्ग क्षेत्रलाई सहयोग पु¥याइरहेको छ ।
एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित कनेक्ट आरटिजीएस बैंक र वित्तीय संस्थाहरुका लागि न्यून मूल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसँगै यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तिय संस्थाहरुलाई पनि उपलब्ध गरिने छ ।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरुमध्ये विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक भुक्तानी प्रणाली, कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणाली र नेसनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आएको छ । यस प्रणालीअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र २० भन्दा बढी पीएसपी तथा पीएसओलगायत गैर–बैंकिङ संस्थाहरु सदस्य रहेको पनि जनाएको छ ।