कुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर
काठमाडौं- कुमारी बैंकले आउँदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
घटस्थापनादेखि महानवमीसम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना अर्न्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११:५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।