एनआईएमबीका ग्राहकलाई दुसित थानीमा आकर्षक छुट
काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।