सिद्धार्थ बैंकको दशैं लक्षित अफर
काठमाडौं– सिद्धार्थ बैंकले दशैंको उपलक्ष्यमा ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकले पैसा फिर्ता पाउने भएका छन् । जसअन्तर्गत यही असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा २ गुणा बढि प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकले सिद्धार्थको कार्ड प्रयोग गरी विभिन्न सामग्रीको भुक्तानी गर्दा र मोबाइल बैकिङबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यत: प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने बताइएको छ ।
यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवा लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्ने बताइएको छ ।