Logo

नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडौं– नेपाल बैंक र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमुबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकमा निक्षेप खाता रहेका ग्राहकले दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ ।

निक्षेपकर्ताले दराजबाट अनलाइन सामान खरिद गर्दा डेबिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउने छन् । यसैगरी क्रेडिट कार्डबाट अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार बराबरकोे छुट प्राप्त गर्न सक्नेछ । छुट प्राप्त गर्न बैंकका शाखामा सम्पर्क गरी ग्राहकले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्