ज्योति विकास बैंकको सहयोग
काठमाडौं– ज्योति विकास बैंकले धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वामर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो ।
बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका–४ भोग्टेनीमा अवस्थित अस्पतालमा बेबी वार्मर जडान गरेको हो । विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई मध्यनजर गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने महत्त्वपूर्ण उपकरण अस्पताललाई प्रदान गरिएको हो ।