Logo

आरबिबि मर्चेन्ट म्युचुअल फण्डको लाभांश वितरण

काठमाडौं– आरबिबि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेका आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले इकाईधनीलाई नगद लाभांश पठाएको छ ।

दुई वटै योजनाले इकाईधनीलाई असोज ८ गतेबाट उनीहरुका हितग्राही खातामा अद्यावधिक बैंक खातामा आइपीएसमार्फत् लाभांश जम्मा गर्ने जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका आरबिवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले क्रमश: ३.८१ प्रतिशत र ८.७४ प्रतिशत इकाईधनीलाई लाभांश वितरण गर्ने भएको छ ।

इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्