मिसन २० लाख पर्येटक «

मिसन २० लाख पर्येटक

पछिल्लो दशकमा नेपालमा राजनीतिक अस्थिरता तथा भूकम्पका कारण पर्यटकको आगमनमा पनि त्यसको प्रत्यक्ष असर परेको भए तापनि हाल स्थिर सरकार बनेपछि विश्वभर नेपालको छबि सुधारिएको छ । पछिल्लो दशकमा नेपालमा राजनीतिक अस्थिरता तथा भूकम्पका कारण पर्यटकको आगमनमा पनि त्यसको प्रत्यक्ष असर परेको भए तापनि हाल स्थिर सरकार बनेपछि विश्वभर नेपालको छबि सुधारिएको छ । यसै परिप्रेक्ष्यमा सरकारले ३ लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
पहिलो नेपाल वायुसेवा निगमले गत वर्ष खरिद गरेको २ थान एयरबस–३३० विमान सञ्चालन गर्ने र एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पूर्ण रूपमा स्तरोन्नति गरेर २४ घण्टा सञ्चालन गर्ने र गौतम बुद्ध विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्यका साथ सरकराले नेपाल भ्रमण वर्ष २०२० मानएर नेपालमा २० लाख पर्यटक भित्र्याउने ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिँदा यसको दूरगामी प्रभाव तथा आगामी दशकको लागी पनि यसले नेपालको पर्यटन प्रवद्र्धन गर्ने कुरामा कुनै दुईमत छैन । तर, नेपालमा पर्यटक भित्र्याउने प्रचुर सम्भावना रहेको भए पनि संख्यात्मक रूपमा मात्रै बढी पर्यटक भित्र्याउन वा गुणत्मक रूपमा पनि आय पनि बढाउने भन्नेबारे सरकारको कसरत नपुगेकोे देखिन्छ ।
पर्यटनविद् प्रचण्डमान श्रेष्ठका अनुसार भारतीय क्षेत्रबाट आवतआवत गर्ने पर्यटक संख्याको गणना गर्ने हो भने सरकारले लिएको २० लाख पर्यटक पु-याउन कठिनाइ छैन । तर, आय बढाउने कुरमा भने सरकारको गम्भीर गृहकार्य आवस्यक छ, उनी भन्छन् । हवाई मागबाट आउने पर्यटकको संख्या केही कम भए तापनि श्रेष्ठका अनसार पूर्वाधारको कमी तथा महँगो हवाई यातायातको कारण पनि आय नबढेको देखिन्छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल समेतमा समेत अत्यधिक हवाई चापका कारण हवाई मार्गबाट आउने पर्यटक भने सरकारको लक्ष्यभन्दा कम हुने देखिन्छ ।सरकारले सन् २०१९ लाई पूर्वाधारको विकास गरी सन् २०२० सम्म २० लाख पर्यटक पु-याउने लक्ष्य राखेको छ । सरकारले वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको करिब डेढ दशक अर्थात सन् २०१८ सम्म कुर्नुपरेको थियो । सन २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाखको लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटन आएका थिए । सन् १९९८ मा ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०१९ को १० महिनामा कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल आएका छन् , जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी भएको बोर्डले जनाएको छ । तर, पर्यटक आय भने बढ्न नसकेको तथ्यांकले देखाउँछ । सरकारले आगामी दुई वर्षभित्र एक पर्यटकले दैनिक ६५ डलर खर्च गर्ने र बसाइ अवधि १४ दिन पु-याउने लक्ष्य राखेको छ । हाल, एक पर्यटकले दैनिक ५४ डलर खर्च गर्ने गरेको र १२ दिनको औसत बसाइ रहेको छ ।दुईतिहाइको बलियो सरकार तथा राजनीतिक स्थिरताको लाभांश लिन पनि सरकारले आफ्ना विदेशस्थित मिसनहरू पनि यसका लागि परिचालन गर्न आवश्यक छ । सरकारले आधारभूत पूर्वाधारको विकास भैरहेको बताए पनि सूचकांकमा भने उल्लेख्य प्रगति हुन भने सकेको छैन, जसका कारण उल्लेख्य रुपमा आउने सक्ने बढी पैसा खर्च गर्ने पर्यटकको संख्यामा भने कमी छ ।

नीतिगत हस्तक्षेप
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्नका लागि ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ गत आर्थिक वर्षमा नै लागू गर्ने जनाएको भए पनि सो तथ्य संकलन गर्नका लागि नेपाल पर्यटन बोर्डले काम भइरहेको जनाएको छ । उक्त प्रणाली लागू भएपछि अर्थतन्त्र अर्थात् कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानको सही तथ्यांक प्राप्त हुने विश्वास गरिएको छ । तर आधारभूत पूर्वाधारको कमी, सुरु गरिएको पूर्वाधार पनि समयमै पूरा नहुनु, भएका पूर्वाधारको अवस्था कमजोर हुनु, राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको व्यवस्थापन राम्रो नहुनु, सीमित मात्र पर्यटकिय गन्तव्य हुन पनि पर्यटकको आगमनमा वृद्धि गर्न नसक्नुका कारण रहेको श्रेष्ठको भनाइ छ । यी सबै पक्षको सुदृढीकरण गरी नेपालको प्रचार–प्रसार पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाको भनाइ छ । यसका सरकारको नीतिगत हस्तक्षेपको आवश्यकता छ । 
हाल नेपालमा तीनै तहको सरकार बनेपछि स्थानीय, प्रदेश र संघीय प्रतिनीधि सभाको निर्वाचन सम्पन्न भएसँगै नेपालको राजनीति गतिरोधको अन्त्य भएर देशले आर्थिक उन्नतिको फ्ड्को मार्नेतर्फ पाइला लक्षित हुने सबैको आसमा अनुरूप रोजगारी सिर्जना तथा तीव्र आर्थिक वृद्धिका लागि पर्यटन नै एकमात्र विकल्प हो । यसरी देशको प्रमुख आयको स्रोतमा रहेको पर्यटन व्यवसायले उल्लेख्य रूपमा विकास गर्नुपर्नेमा पछिल्लो समय देशको एकमात्र राष्ट्रिय ध्वजावाहक हवाई सेवा नेपाल वायुसेवा निगमले नेपालको पर्यटन विकासमा सोचेअनुरुप योगदान दिन सकेको छैन । यसमा पनि सरकारको तत्काल नीतिगत हस्तक्षेपको आवश्यकता छ । हाल विकास निर्माणका कामका कारण तथा लामो समयदेखि सम्पन्न हुन नसकेको सडक निर्माणका कारण धूलोजस्ता वातावरणीय कारण पर्यटकलाई विमानस्थलबाट उपत्यकाकै नजिक रहेका गन्तव्यमा सहज यात्रा गर्न पनि गाह्रो रहेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

बढ्दै होटल, पूर्वाधारमा समस्या 
नेपालमा पर्यटकको अपेक्षाअनुसार नबढेको भए पनि होटलको संख्या भने तीव्र रूपमा वृद्धि भइरहेको छ । सन् २०२० सम्म निर्माणाधीन तारे होटलमा करिब ४ हजार कोठा थपिँदैछन् । साना र ठूला व्यवसायीको होटलमा ६० देखि ७० अर्ब रुपियाँभन्दा बढी लगानी गरिरहेको छन् । नेपालमा धेरै लगानीको अवसर नभएकाले गर्दा होटलमा धेरै लगानी बढेर गएको तथा आधारभूत पूर्वाधारको अभाव र भएका पूर्वाधारको पनि व्यवस्थापन गर्न सकिएन भने होटलको लगानी संकटमा पर्न सक्ने होटल संघको भनाइ छ । पर्यटकको आगमन अहिलेको समयमा राम्रो भए पनि अपेक्षाअनुसार हुन नसकेको शाहको भनाइ रहेको छ ।सन् २०२० सम्म ४ हजार नयाँ बेड थपिँएपछि कुल बेड क्षमता ४२ हजार पुग्ने भन्दै होटल एसोसिएसनले ४ हजार बेडमध्ये २ हजार काठमाडौंमा थपिने बताएको छ ।होटल बाहेक पनि अन्य पूर्वाधारको विस्तार नहुँदा नेपालको पर्यटन उद्योगले आशा गरे अनुसार प्रगति हुन नसक्ने अवस्था छ ।
किनकि हाल साना विमानमात्र नेपालमा अवतरण गर्न सक्छन् भने ठूला विमान आउने गरि पूर्वाधारमा जोड दिन सकेको खण्डमा मात्र नेपालको पर्यटन उद्योगले गति लिने सरकारले लिएको लक्ष्य पुरा हुने शाहको भनाइ छ । ‘विमानस्थल, सडकजस्ता पूर्वाधारको विकास गरेर पर्यटक आगजनमा जोड दिनुपर्छ ।’छिमेकी मुलुक भारत र चीनसँगको स्थलमार्गलाई सहज बनाउने र पर्याप्त मात्रमा पर्यटक ल्याउने वातावरण सिर्जना गर्न पनि अझ सरकारले धेरै तयारी गर्न बाँकी रहेको छ । २८ वर्षसम्म राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा विमान खरिद गर्न सकेन नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसकार भन्छन्, ‘निगमले पर्याप्त विमान खरिद गरी पर्यटकलाई अरूको तुलनामा सस्तोमा टिकट बिक्री गरी पर्यटक भित्र्याउनुपर्छ ।
लामो समयसम्म निगमले विमान नथप्नु नै मुलुकको पर्यटन विकासमा बाधक बन्न पुगेको हो । उनका अनुसार निगममा विमान बढाएर विश्वका प्रमुख पर्यटकीय सहरबाट राष्ट्रिय ध्वजावाहकले पर्यटक भित्र्याउनुपर्छ ।६० वर्षे गर्भिलो इतिहास बोकेको निगम भने आन्तरिक कलह र गुठ गत राजनीतिबाट माथि उठ्न सकेको छैन । विमानको संख्यामा वृद्धि हुँदै जानुपर्नेमा अझ निगमको साख गिर्दाे रहेको छ । गत वर्ष भित्र्याइएका दुई नयाँ एयरबस ३३० वाइडबडी विमानले पर्याप्त उडान भर्न सकेको छैन ।
गत साउन १० मा ल्याएको विमानले भदौ ८ व्यावसायिक उडान गरेको थियो भने उडान थालेको २१ औं दिनमै विमान ग्राउन्डेड भएको थियो । जापान, कोरिया, साउदी अरेबियामा नियमित उडान गर्ने भने ल्याएका विमान जुन दैनिक ८ घण्टा उडान भर्नुपर्ने बताइएको भएपनि छोटा रुटमा समेत नियमित उडान गर्न सकेको छैन् भने छोटो रुटमा उडानभर्दा सो उडान निगमका लागि घाटा बढाउने माध्यममात्र बन्न पुगेको छ ।राष्ट्रिय ध्वाजवाहक बलियो भएर र पर्यटकीय क्षेत्रमा उडान भर्न नसके सम्म नेपालको पर्यटन क्षेत्रले सोचे जस्तो प्रतिफल दिने छैन् ।
२०४६ यतामात्रै निगममा करिब ३८ पटक व्यवस्थापन हेरफेर भएको छ । छोटो समयको लागि गठन हुने नयाँ सरकारको गठन भए सँगै निगमको व्यवस्थापन प्राय परिवर्तन भएको छ । दुईतिहाइ बहुमतको वाम्पन्थी सरकारको आए सँगै महाप्रबन्धक सुगतरत्न कंसकारको नेतृत्वमा चलिरहेको निगममा गत भदौमा सरकारले महाप्रबन्धकर अध्यक्षको जिम्मेवारीसहित मदन खरेललाई दोस्रो पटक निगमको बागडोर समाल्न दिएको थियो ।
सरकाको सन् २०२० को नेपाल भ्रमण वर्षलाई टेवा पु-याउने योजनासहित सन् २०१९ मा छोटो रुटमा उडान गर्नका लागि निगमले २ न्यारोबडी विमान खरिदको लागि वोर्डबाट स्वीकृति लिएको छ भने अर्कातर्फ आन्तरिक उडानमा बलियो उपस्थिति जनाउनका लागि निगमले ६ वटा टुइनअटर समेत खरिद गर्ने आन्तरिक तयारी थालिसकेको भए पनि मूर्तरूप पाउन सकेको छैन । केही सरोकार वाला निकायले भने आगामी दिनमा खरिद गर्ने निर्णय सीधै मन्त्रिपरिषद् निर्णयबाट हुने गरेमा विगतको जस्तो किचलोपन नआउने धारणा छ । यो खरिद प्रक्रियामा नजाँदासम्म नयाँ खरिदको बाटो नखुल्ने देखिन्छ ।

नयाँ विमानस्थल
गौतमबुद्ध विमानस्थल सरकारले सन् २०१९ को जुन २८ सम्म सञ्चालनमा आउने जनाएको भए पनि विमानस्थलमा उडान भर्नका लागि एयर स्पेस मेनेजमेन्टमा सरकारले ध्यान दिएको छैन । सो रुटमा उडान गर्नका लागि भारतीय पक्षले पनि हवाई रुटका लागि ठोस निर्णय भएको छैन् । विमानस्थल बन्दैमा पर्यटक नआउने भएकाले गर्दा सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि मातहतका निकायलाई निकै कसरत गर्नुपर्ने सरोकारवालाहरूको भनाई छ । पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ भने सन् सन् २०२१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यता बारामा पनि अन्तर्राष्ट्रिय विमानस्थलको तयारि थालिसकेको छ । यता सरकारले भएका क्षेत्रीय विमानस्थलको पनि स्तर उन्नती गरि छिमेकी मुलुकका सहरमा उडान गर्ने लक्ष्य लिएको छ ।यता सरकारले करिब १३ कहिना मात्र हुँदा नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्ति गरेर गरेको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तीव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।उनले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारिएको जनानकारि दिनु भयो । उनले, ‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी काम अघि बढाइसकेका छौं ।’२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मातहतका निकाय सक्रियताका पर्यटनका लागि चाहिने पूर्वाधारहरू निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरूसँग समन्वय समेत गरेर काम अघि बढाएका छौं ।’ सन् २०१९ भित्र नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको काम सम्पन्न भएपछि र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समयमानै सञ्चालनमा आएको खण्डमा भ्रमण वर्ष सफल बनाउन सकिनेमा सिइओ जोशीले बताउँछन्  । भ्रमण वर्ष सफल पार्न सरकारले प्रयाप्त बजेट समेत विनीयोजन समेत गरिसकेको छ ।
 तर, नेपाल भ्रमण वर्षको तयारी तथा आतिथ्यले आगामी १० वर्षमा नेपालमा पर्यटक आउने तथा आय बढाउने कुरामा आशाप्रद भएपनि सरकारले आगामी दशकको लागी पर्यटन प्रबद्र्धन योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । अत्याधुनिक विमानस्थल, सडक संजाल विस्तार, नयाँ पर्यटन प्याकेज तथा सेवाको गुणस्तरमा सुधार गर्न सके नेपालमा भएको पर्यटनको प्रचुर सम्भावनाबाट आगामी दशकमा अर्थतन्त्रमा गुणात्मक योगदान गर्न सकिने सरोकारवालाहरू बताउँछन् । 

 
पर्यटन क्षेत्रका बाधक 
 सरकारले पर्याप्त पूर्वाधारमा जोड दिन नसक्नु 
 पर्यटक पूर्वाधारको पहुँचमा कमी
 सरकार र सरोकारवाला निकायको व्यवस्थापकीय कमजोरी 
 सीमित गन्तव्यमा मात्र पर्यटकको आगमन नयाँ गन्तव्यको विकासमा जोड नदिनु 
 पर्यटनको संवाहक राष्ट्रिय ध्वजावाहक कमजोर उपस्थिति 
 भएका गन्तव्यको प्रचार प्रसारमा कमी 
प्रतिक्रिया दिनुहोस्