यसकारण सम्भव छ विकास «

यसकारण सम्भव छ विकास

पछिल्लो ३ वर्षदेखि यो संकट पनि टरेको छ । अहिले आन्तरिक उत्पादन बढ्न थालेको छ । जसले आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने देखिन्छ । अर्को भनेको पछिल्लो १० वर्षमान देखिएको अर्को उत्साहजनक प्रगति भनेको नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ सँगसँगै यो क्षेत्रमा आन्तरिक लगानी बढेको छ । बैंक तथा वित्तीय सस्थाहरुले कर्जा प्रवाह गरेका छन् भने यो क्षेत्रले बाह्य लगानी पनि आर्कषित गरेको छ । त्यस्तै पर्यटन पूर्वाधारको क्षेत्रमा पनि ब्यापक लगानी विस्तार भएको छ ।

इतिहासलाई परै छोडेर पछिल्लो १० वर्षका गतिविधिलाई नियाल्ने हो भने नेपालमा धेरै ठूला परिवर्तनहरु भए । सबैभन्दा ठूलो कुरा त नेपाल संघीयतामा गयो । संघीयतासँगै नेपालले समावेशी सिद्धान्तको अवलम्बन ग-यो । जसले गर्दा हरेक क्षेत्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा महिला सहभागिता उत्साह रुपले बढेर गएको छ । यो व्यवस्थाले खुला समाजको निर्माण गर्न सघाएको छ । मुलुकको अथतन्त्रलाई बढावा दिने गरी आर्थिक क्षेत्रमै पनि पछिल्लो १० वर्षमा धेरै ठूला परिवर्तन भएका छन् ।
सबैभन्दा ठूलो परिवर्तन भनेको वैदेशिक रोजगारीमा युवाहरुको आर्कषण ज्यादा बढेर गयो जसको परिणाम नेपालमा विप्रेषण आयमा व्यापक बढोत्तरी भयो । जुन सरकारको मेरुदण्ड नै बन्यो । तथापि पछिल्लो ३-४ वर्षको तथ्यांक हेर्दा रेमिट्यान्स बिस्तारै घटेको छ राजनीतिक स्थिरताकै कारण रोजगारीका जानेको संख्यामा केही कमी आएको छ । गएको १० वर्षमा हामीले चरम उर्जा अभाव झेल्यौ ।
पछिल्लो ३ वर्षदेखि यो संकट पनि टरेको छ । अहिले आन्तरिक उत्पादन बढ्न थालेको छ । जसले आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने देखिन्छ । अर्को भनेको पछिल्लो १० वर्षमान देखिएको अर्को उत्साहजनक प्रगति भनेको नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ सँगसँगै यो क्षेत्रमा आन्तरिक लगानी बढेको छ । बैंक तथा वित्तीय सस्थाहरुले कर्जा प्रवाह गरेका छन् भने यो क्षेत्रले बाह्य लगानी पनि आर्कषित गरेको छ । त्यस्तै पर्यटन पूर्वाधारको क्षेत्रमा पनि ब्यापक लगानी विस्तार भएको छ ।
यो क्षेत्रमा पनि स्वदेशीसँगै बाह्य लगानी पनि वैदेशिक लगानी आर्कर्षित हुन थालेको छ । यो अवधिमा प्राइभेट इक्व्टी फण्डको स्थापनाले लगानीकर्तालाई थप उत्साहित तुल्याएको छ । यो नेपालको विकासमा यसलाई ऐतिहासिक उपलब्धी मानिन्छ । पछिल्लो १० वर्षकै कुरा गर्दा यो अवधिमा वित्तीय क्षेत्रले पनि ठूलो फड्को मारेको छ । यही समयमै मर्जरको कुरा आयो । कतिपय बैक तथा वित्तीय संस्थाहरु मर्जरमा गएका छन् । बैक तथा वित्तीय संस्थाहरुप्रति जनताको विश्वसनियता बढेर गएको छ । नेपालमा पछिल्लो १० वर्षको अवधिमा देखिएको अर्को ठूलो परिवर्तन भनेको थोक तथा खुद्रा व्यापारको हो । खुद्रा व्यापारमा आमुल परिवर्तन भएको छ । आधुनिक किनमेल प्रणालीको विकास भएको छ । अनलाइन सपिङको बिस्तार भएको छ । श्रम गर्न विदेश गएका युवाहरुको श्रम तीव्र गतिमा स्थापना भएको छ । जसले आधुनिक समाज निर्माणमा सघाएको छ ।
पछिल्लो १० वर्षमा नेपालले हासिल गरेको महत्वपूर्ण उपलब्धी भनेको गरिबी दर उच्च दरले घटेर गएको छ । स्रहसताब्दी लक्ष्यमा पनि ठूलो परिवर्तन आएको छ । नेपालीहरुमा खर्च गर्ने बानी र आम्दानी गर्ने क्षमतामा विकास भएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउने नै भयो । १० वर्षअघिसम्म नेपालीहरु सुरक्षा गार्डमा मात्रै वैदेशिक रोजगारीमा जाने गर्थे । अहिले ठूलो मात्रामा नेपालीहरु रेस्टुरा होटलहरुमा सपिङ सेन्टरहरुमा सेल्स म्यानका रुपमा काम गरेको देख्न पाइन्छ । वैदेशिक रोजगारी जाने युवाह मात्रै होइन, स्वदेशमै पनि विभिन्न सिपहरु सिकेर आत्मनिर्भर हुन नयाँ नयाँ इनोभेटिभ कामहरु गरेको पाइन्छ । पछिल्लो १० वर्षमा सामाजिक परिवेशमा उल्लेख्य वृद्धि भएको छ ।
जनचेतनाकै कारणले जस्तो कि जनताहरुले आफ्नो गाउँ ठाउँमा केही नयाँ बन्न थाल्यो भने आफ्नो हक अधिकारहरु माग्ने गर्दछन् । त्यो राम्रो हो किनकी विकासको प्रतिफल समानुपातिक ढंगले भएन भने समाजमा हिंसा द्वन्द्व भड्किन सक्छ । समाजमा हरेकले आफ्नो हक अधिकार खोज्ने परिपाटीको विकास भएको छ । यो अवस्था ५०-६० वर्ष अघिसम्म थिएन । बाहिर आउने आफ्ना हक अधिकार खोज्ने अन्यायविरुद्ध लड्ने चेतना पछिल्ला वर्षहरुमा बढेको छ, यो विकासको समष्टिगत तत्व पनि हो । यस्ता परिवर्तनले समाजलाई नयाँ आयाम र विकशित गर्न मद्धत गर्ने नै छ ।

आगामी दशकका सूचक
विगतको १० वर्षको अवधिलाई मात्रै मूल्यांकन गर्ने हो भने नेपालमा अबको १० वर्षमा आर्थिक, सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा उल्लेख्य प्रगति गर्ने निश्चित जस्तै भएको छ । किनकी २०७२ मा संविधान जारी भएसँगै देशले राजनीतिक रुपमा ठूलो निकास पाएको छ । देशभर ७५३ वटा स्थानीय सरकार, ७ वटा प्रादेशिक सरकार र संघीय सरकार बनेका छन् । सबै सरकारको एउटै चाहाना देशलाई कसरी समृद्ध बनाउने भन्ने नै छ । त्यसकालागि यतिबेला थुप्रै आधारशिला तयार पनि भएका छन् । जसले अबको १० वर्षमा नेपालको स्वरुप समृद्धिको गन्तव्यमा पुग्ने निश्चत छ ।
उर्जामा फड्को
अबको १० वर्षमा हामी विद्युत् निर्यात गर्ने मुलुकको रुपमा कहलिने छौं । पहिलो विद्युत् आयातकर्ताका नामले चिनिने हाम्रो विगतको इतिहास हो । आन्तरिक उत्पादन वृद्धि गरेर खुद निर्यात गर्ने मुलक बन्ने निश्चित छ । यसमा पेट्रोलियमा वस्तुको समेत समष्टिगतलाई जनाउँछ । कतिपयले विद्युत्बाट पानी जहाजको पनि कुरा गरेका छन् ।

विप्रेषणको चरित्रमा परिवर्तन
अबको १० वर्षमा विप्रेषणको चरित्रमा परिवर्तन हुने देखिएको छ । तीव्र गतिमा युवाहरु बाहिर जाने जुन अहिलेको अवस्था छ यसमा परिवर्तन हुने निश्चित छ । किनकी पछिल्लो २-३ वर्षयता वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा कमी आउन थालेको छ । जसले विप्रेषण पनि घटेको छ । यो अवस्था अबको १० वर्षसम्म क्रमिक रुपमा घट्ने छ र युवाहरुको सट्टामा हाम्रा उत्पादन वस्तुहरु निर्यात हुने अवस्था आउने देखिन्छ ।

लगानीका गन्तव्यहरुमा बढोत्तरी
अहिले हामीकहाँ केही सिमित क्षेत्रमा मात्रै वैदेशिक लगानी आउने गरेको छ । अबको १० वर्षमा वैदेशिक लगानीमा थुप्रै क्षेत्रहरुमा प्रोत्साहन गर्न सकिन्छ । जस्तो की सूचना प्रविधि, होटल, बिजुली हाम्रा आन्तरिक उत्पादनमा लगानी बढाउने ठाउँहरु छन् । तीनको पनि पहिचान गरी लगानी विस्तार हुने छ, जसले उत्पादन र रोजगारीसँगै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिनेछन् ।

व्यापारमा सहजता
भारतको नाकाबन्दीपछि चीनसँग नेपालको पारवाहान सम्झौता भयो । यसले नेपालको व्यापार सहजीकरणमा ठूलो फड्को मार्ने देखिन्छ । लागत खर्च, समय कर र गैरकरका समस्याले अहिलेको व्यापार घाटालाई सघाएको छ । प्रधानमान्त्रीले पानी जहाजको कुरा उठाइरहँदा अहिले पानी जहाज कार्यालय स्थापना भएको छ । पानी जहाजबाट सामान ओसार पसार गर्न सक्यौं भनेपनि त्यसले ठूलो फड्को मार्ने देखिन्छ । योसँगै ढुवानीको परम्परागत रुपमा परिवर्तन हुने देखिएको छ । योसँगै नेपालमा रेलको कुरा अघि बढेको छ । चीन सरकारले पनि चिनियाँ नाकादेखि काठमाडौंसम्म जोड्ने उच्चस्तरको बाटो बनाउने योजना बनाएको छ । यसले नेपालको व्यापारमा सहजता हुनेछ । जसले हाम्रो व्यापारघाटा न्यूनिकरणमा सघाउ पुग्ने प्रशस्त बाटोहरु परास्त गरेको छ ।

मध्यम आयको मुलुक
सन् २०३० सम्म नेपालले दिगो विकासका लक्ष्यहरु हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यसमध्ये मानव विकास सूचकांक पनि एक हो । मानव विकास सूचकांकमा नेपालले राम्रो नतिजा हासिल गरेको छ । भर्खरै मात्र प्रकाशित ह्युमन डेभलपमेन्ट रिर्पोटले पनि यो देखाएको छ । यसअघि नै सन् २०१५ र सन् २०१८ को सूचकले नै हामीलाई अतिकम विकसित मुलुकबाट माथि लगेको छ । तर योग्य भएर पनि हामी अति कम विकसित मुलुकमै बसिरहेका छौं । २०२१ मा हामी विकास उन्मुख मुलुकमा प्रवेश गर्ने र दिगो विकासको १७ वटै गोलहरु पूरा गरेर सन् २०३० को लक्ष्य भेटाउन सहज हुने देखिन्छ ।

आन्तरिक श्रोतमै आयोजना
सरकारले गरेका प्रसायहरुको अहिले उल्लेखनिय प्रगति देखिँदै छ । २०६५-०६६ यताको केही वर्ष हामीले औषतमा ३० प्रतिशत राजस्व हासिल गरेको पाइन्छ । राजस्व प्रशासनमा गरिएका सुधार नीति कानुनहरुको प्रभाव पनि हुन सक्छ । राजस्वमा वृद्धि हुँदा आन्तरिक आय बढ्दा आन्तरिक श्रोतले नै ठूला परियोजनामा लगानी बढाउने क्षमता बढेको छ । त्यस्ता कतिपय आयोजना बन्दैछन् र कति बन्ने क्रममा छन् । यो अवस्थाले आगामी दिनमा पनि निरन्तरता पाउने छ ।

सुविधासम्पन्न शहरी बसोबार
संघीयता कार्यान्वयनसँगै अहिले ७५३ वटा स्थानीय सरकार सातवटा प्रादेशिक सरकार र १ केन्द्रीय सरकार बनेका छन् । संघीयताले स्थानीय तहमा असाध्यै राम्रो कुरा ल्याएको छ । अपबादलाई छाडेर कतिपय गाउँपालिका र नगरपालिकाहरुमा सरसफाई पर्यटन प्रवद्र्धनलगायत ईको टुरिजमका क्षेत्रमा एकदमै प्रतिस्पर्धी काम भएका छन् । गएको १० वर्षमा बसाई सराई उल्लेख्य रुपमा बढेर गएको छ । त्योसँगै नगरपालिकाहरुमा सुविधाहरु बढेका छन् । आगामी १० वर्षमा ज्यादै अनुकुल शहरी बसोबास हुने देखिन्छ । सडक सञ्जालदेखि लिएर विद्यालय, अस्पतालहरु खुलेका छन् । कम कार्बन उत्र्सजन गर्ने हुनेगरी लगानीमैत्री वातावरण निर्माण हुने देखिन्छ ।

आम्दानीको स्रोत पर्यटन
पर्यटन प्रवद्धनको कुरा पनि आशालाग्दो देखिएको छ । पर्यटकीय हव बनाउने उद्देश्यअनुरुप नेपालले यस वर्ष भिजिट नेपाल २०२० घोषणा गरेको छ । हामीकहाँ थुप्र्रै पर्यटकीय गन्तव्यहरु पर्यटकीय पँहुच भन्दा बाहिर छन् । भएका पर्यटकीक क्षेत्रहरुको क्षमता विस्तार गर्ने र काममा नगरपालिकाहरु प्रतिस्पर्धी भएर लागेका छन् । नेपालमा अहिले ईको टुरिजमको विकास भएको छ । स्थलगत हेर्दा पनि अहिले पर्यटनको क्षेत्रमा ठूलो विकास भएको छ । बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर नगरपालिकामा पनि राम्रो प्रगति भएको छ । अबको केही वर्षमै पर्यटन क्षेत्र वैदेशिक मुद्रा आर्जन गर्ने राम्रो स्रोत भएर आउने छ ।

जोखिम न्यूनिकरणको जरुरी
माथी उल्लेखित क्षेत्रमा जे जसरी लगानी विस्तार हुँदैछ र मुलुक समृद्धिको बाटोमा अघि बढ्दै छ योसँगै अबको १० वर्षमा बैंक तथा वित्तीय क्षेत्रमा ठूलो जोखिम बढ्ने देखिन्छ । गएको १० वर्षमा बैंकहरुले घरजग्गा, उपभोग व्यापार र विद्युत्मा जसरी लगानी गरे त्यसको सुरक्षण गर्न नसक्दा अहिले यो क्षेत्रमा नकारात्मक असर देखिएको छ । यसले केही बैंकहरुमा समस्या आउने खतरा बढेको छ । विद्युत् उत्पादनको क्षेत्रमा लोनकै कारण गलत प्रवृति छिरेको छ यसले कुनै न कुनै बेला टच गर्न सक्छ । बिप्रेषण निरप्रेक्ष हो । घटबढ भइरहन्छ भने उपभोग र व्यापार सापेक्ष हो । त्यसैले वैदेशिक स्रोतबारे क्षमता विस्तार गरेर अबको दिनमा उत्पादन रोजगारी बढाउने गरी काम गर्नु र व्यापारघाटा न्यूनिकरणमा ध्यान दिनु अपरिहार्य देखिन्छ ।
(पूर्व अर्थसचिव खनालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्