बुद्ध एयरको टिकट काट्दा एनआईसी एशियाका ग्राहकलाई छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका मार्केटिङ प्रमुख रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गरी बैंकको मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी भुक्तानी गर्दा ८ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।
यो छुट सम्झौताले ग्राहकलाई चाडपर्वका बेला विभिन्न गन्तव्यमा आवतजावतमा सहज हुने विस्वास लिएको बैंकले जनाएको छ ।