Logo

विद्यालयलाई एसबिआई बैंकको सहयोग

काठमाडौं– नेपाल एसबिआई बैंकले मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका बागमती प्रदेश प्रमुख विनोदकुमार ढुंगेललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्