एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा प्रवेश «

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा प्रवेश

एनएमबी बैंकले भिसा वल्र्ड वाइड प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ । भिसासँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ ।
मुलुकमा बैंकको बजार पहुँचलाई अझविस्तार गर्नेछ । यसपश्चात् एनएमबी बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँचप्राप्त गर्दै बैंकको उक्त उपलब्धिबाट लाभन्वित हुन सक्ने जनाएको छ । यो साझेदारीले एनएमबी बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ ।
यो संरचनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल–२०२० अभियानमा स्विफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्नेछ, जहाँ ठूलो अनुपातमा अन्तर्राष्ट्रिय पर्यटक भिœयाउने अपेक्षा गरिएको छ । एनएमबी बैंक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्