प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको जनाएको छ ।
कम्पनीले वार्षिकोत्सव पारेर आफ्नो वार्षिक रूपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष स्वच्छ वातावरण तथा सरसफाइ अभियानलाई प्राथमिकता दिएको भन्दै कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंलाई अस्पताल परिसरमा फोहोर व्यवस्थापनका लागि फोहोर फाल्ने गार्बेज बिनहरू प्रदान गरिएको छ । उक्त अस्पतालका निमित्त निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले हस्तान्तरण गरेको जनाएको छ ।