Logo

सिद्धार्थ बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता

काठमाडौं– सिद्धार्थ बैंक र चितवनस्थित जंगल भिल्ला रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्