सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट «

सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको भन्दै कम्पनीले सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिमसेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्यागलगायत उत्पादनहरू उपलब्ध रहेको
जनाएको छ ।
राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोडतथाचितवनको सीजी ल्यान्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरू उपलब्ध रहेका तथा सोनम गेयरका उत्पादनहरू उच्च गुणस्तरका भएको भन्दै कम्पनीले यसलाई विश्वविख्यात ब्रान्डहरूको प्रतिस्पर्धी मानिने दाबी पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्