एनआईसी एसिया बैंकले एसटुएमको सेलेक्ट स्विच प्रयोग गर्ने

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिष्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने जनाएको छ । बैंकले एसटुएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहकाबीच सम्झौता गरेको भन्दै बैंकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ई–कमर्स कारोबार सहज रूपमा गर्न सक्ने जनाएको छ ।
सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि सञ्चालनमा ल्याउने भन्दै बैंकले उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेको जनाएको छ ।
उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जनाए ।