आरोहरण गुरुकुलमा ‘छिँडीभरिको आकाश’ «

आरोहरण गुरुकुलमा ‘छिँडीभरिको आकाश’

विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिँडीभरिको आकाश’ नाटक मञ्चन सुरु भएको छ ।
नाटक मञ्चन शुभारम्भको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । विराट आदर्श साहित्य मञ्चको आयोजनामा सुरु भएको नाटकमा कुलतमा फसेको परिवारको चित्रण गर्नुका साथै आर्थिक रूपमा विपन्नको परिवारको वेदनालाई देखाइएको छ ।
दुव्र्यसनका कारण एउटा सुखी परिवार कसरी भताभुंग हुन्छ भन्ने सन्देश नाटकले दिइएको छ । विराट आदर्श साहित्य मञ्चको प्रस्तुति रहेको नाटकको नाट्य रूपान्तरण र निर्देशन कटवाल दीपकले गरेका छन् भने सहनिर्देशन रमेश तिम्सिनाले गरेका छन् । मञ्चन हुनुअगावै २२ वटा शो बुकिङ भइसकेको र अन्य स्कुल कलेजहरूले चासो देखाइरहेको आयोजकले जनाएको छ ।
नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन मञ्चले नाटकसहित समय–समयमा साहित्यिक कार्यक्रम गर्दै आएको पत्रकारसमेत रहेका मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले बताए । विद्यार्थीहरूलाई अध्ययनसँगै सिर्जनात्मक कर्ममा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले नाटक मञ्चन सुरु गरिएको उनको भनाइ छ ।
उद्घाटन समारोहमा गन्धर्व थिएटर पोखराका अध्यक्ष ‘परिवर्तन’लाई सम्मान गरिएको थियो । परिवर्तनले विगत एक दशकदेखि रंगमञ्चका क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेको छ ।
मोरङ हिसान र प्याब्सन विराटनगरसँगको सहकार्यमा सुरु भएको नाटक पुस १२ गतेसम्म मञ्चन हुने मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गर्ने छन् भने व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य रहेका छन् । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेका छन् ।
नाटकका लागि मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गरेका छन् । नाटक हेर्न राष्ट्रियसभाका सांसद खेम नेपाली, प्राज्ञ गंगा सुवेदी, विवश पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, विभिन्न कलेज र विद्यालयका प्रिन्सिपल, सञ्चालकलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अग्रज पत्रकार शंकर खरेल र सत्यनारायण उच्च माविका प्राचार्य धर्मानन्द खरेलले नाटकको समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक मञ्चन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्