नेकपा स्थायी कमिटीको बैठक शुरु «

नेकपा स्थायी कमिटीको बैठक शुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सोमबार पुनः बस्नेगरी सकिएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट ५ वटा एजेण्डाहरु राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध विषय प्रस्तुत भई सामान्य छलफल भएको र स्थायी कमिटीको बैठकको अजेण्डाका रुपमा स्वीकार गरिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।
अध्यक्ष प्रचण्डको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई वितरण गरेसँगै आइतबारको बैठक सकिएको र बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको पनि उनले बताए ।
सोमबार बिहान ११ बजे फेरि बस्ने बैठकमा स्थायी समिति सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो धारणा राख्नेछन् । नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली भने सहभागी भएनन् । यसअघि आइतबार नै नेकपा सचिवालय बैठक पनि बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्