Logo

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं– नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र होटलका फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकका ग्राहकले होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटीएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्