प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । स्रेस्तेदार रामु शर्माका अनुसार बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको हो । उनीहरूलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो ।