ओपोको पहिलो फ्ल्यागशीप फाइभजी चार महिनाभित्र

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले आगामी चार महिनाभित्र क्वालकम स्न्यापड्रागत ८६५ चिपसेटमा आधारित स्मार्टफो विश्व बजारमा ल्याउने भएको छ । आगामी सन् २०२० को पहिलो त्रयमासमा सार्वजनिक गर्ने घोषणा गरिएको फोन पहिलो फाइभ जी फ्ल्यागशीप स्मार्टफोन हनुे दाबी कम्पनीको छ ।
स्न्यापड्रागन टेक समिटमा आफ्ना भनाइ राख्दै ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता सहित प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोन ल्याउन लागिएको जानकारी गराएका हुन् । “भविष्यमा थप फाइभजी उत्पादनहरु पस्कँदै जाने ओपोको योजना रहेको छ, यसले बृहत्त मात्रामा विश्वभर फाइभजी अंगिकरण गर्न टेवा पु¥याउनेमा हामी आशावादी छौँ,” उनले भने ।
कम्पनी यसै महिनामा सेनो थ्री प्रो स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ । सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्रीप्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५ जी मोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी सुसज्जित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने समेत जनाइएको छ ।
यसबीच ओपोले डिसेम्बर १० का दिन चीनको शनचनमा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने भएको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्त अन्तरगत आयोजित ओापो ईन्नो डेले उद्योगका विशेषज्ञहरु, पार्टनर्सहरु र अपिनियन लिडर्सहरु लाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने ब्यापक परिवर्तन माथि प्रकाश पार्ने प्रयास गर्ने उद्देश्य राखेको जनाएको छ ।