नेपालको समृृद्धिका लागि लगानीको वातावरणमा सुधार «

नेपालको समृृद्धिका लागि लगानीको वातावरणमा सुधार

विज्ञहरुले नेपालको समृृद्धिका लागि लगानीको वातावरणमा सुधार गर्नुपर्ने बताएका छन् । नेपाल खुल्ला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायले ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेलभपमेन्ट तथा ओडीसी पोलिसी हले संयुक्त रुपमा आयोजना गरेको गुणस्तरीय जीवनको सुधारमार्फत नेपालको समृृद्धिका लागि आर्थिक रुपान्तरण विषयका कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
गरिबी निवारण र रोजगारी सिर्जनालाई मुख्य रुपमा जोड दिँदै उनीहरुले स्थिर कानुन र नीतिगत सुधार, बलियो सुशासन, डुइङ विजनेशको उच्च लागतमा न्यूनिकरणलगायतमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आयोगले अघि बढाएको पन्ध्रौं आयोजनाले खुसीका सुचक, मापदण्ड र दृष्टिकोणहरु पनि समावेश गरेर समृृद्धिका लागि नीति केन्द्रित गरेका बताए ।
नेपालका लागि एडीबीका पूर्व आवासिय प्रतिनिधि एवं हाल बंगलादेशस्थित ब्राक इष्टिच्यूट अफ गभरनेन्स एण्ड डेललपमेन्टका विशेषज्ञ डा. सुल्तान हफिसले वंगलादेशले लगानीमैत्री वातावरणमा गरेको सुधारको कारण दक्षिण एशियाको सम्पन्न राष्ट्र बन्ने लक्ष्यमा दृढताका साथ अघि बढेको बताए ।
योजना आयोगका पूर्व सदस्य डा. पुष्कर ब्रजाचार्यले शिक्षा र सीप विकास रुपान्तरणका लागि आवश्यक भएकमो बताउँदै सबै क्षेत्रको विशेष योजना बनाएर कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए । नेपालका विकास योजनाहरु लक्ष्य केन्द्रित नभएको बताउँदै उनले समृृद्धिका लागि सुशासन, विधिको शासन, सामाजिक न्याय, वातावरण सन्तुलनलगायतलाई पनि विशेष जोड दिनुपर्ने बताए । खुल्ला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले नेपालको समृृद्धिका लागि सरकार, दातृ निकाय, विकास साझेदार, निजी क्षेत्र, बौद्धिक वर्गलगायतको सामूहिक सहकार्य जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्