इन्स्टाग्रामका नयाँ प्रयोगकर्ताका लागि जन्मदिन अनिवार्य «

इन्स्टाग्रामका नयाँ प्रयोगकर्ताका लागि जन्मदिन अनिवार्य

सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्ना नयाँ उपभोक्तालाई खाता खोल्न बर्थडे राख्न लगाउने भएको छ । उमेरबारे जानकारी लिन र त्यसको ठोस अनुभव गर्न बर्थडे राख्न लगाउन खोजिएको देखिएको छ ।
कुनै उपभोक्ताले विभिन्न किसिमका सूचना राख्न सक्छन् । यसबाट अनलाइन सेवालाई सुरक्षित बनाउन खोािजएको कम्पनीले जनाएको छ । इन्स्टाग्राममा यो बर्थडे भने अरूका लागि नदेखिने गरी राखिन्छ । अहिलेका इन्स्टाग्राम उपभोक्तालाई बर्थडे राख्नुपर्ने बाध्यकारी नियम बनाइएको छैन् । इन्स्टाग्राममा सामेल हुन आवश्यक उमेर १३ वर्ष हुनुपर्नेछ ।
यसका अतिरिक्त कम्पनीले उपभोक्ताले सन्देश ब्लक गर्न पाउने सुविधा दिने भएको छ । इन्स्टाग्राममा राखिने बर्थडेको पुष्टि भने नगर्ने भए पनि व्यक्ति इमानदार हुने विश्वास गरिएको छ । इन्स्टाग्रामले बर्थडेको पुष्टि गर्न कृत्रिम बौद्धिकता एआईको प्रयोग गर्न सक्ने देखिएको छ । ह्यापी बर्थडे जस्ता गतिविधले मेसिन लर्निङ सफ्टवेयर मानिसको बर्थडेको विषयमा जानकारी लिन सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्