सिटी एक्सप्रेसको दसैं–तिहार योजना

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर जितु नेपालको उपस्थिति थियो । यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० रूपैयाँको वालेट टपअप र एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउनेछन् ।
कम्पनीका अनुसार उक्त अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन सक्नेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले बताएको छ ।