सिद्धार्थ बैंकद्वारा विद्यालय भवन हस्तान्तरण
काठमाडौं– सिद्धार्थ बैंकद्वारा कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल औिपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
उक्त हलको बैंकका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरेर विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालालाई हस्तान्तरण गरेका हुन् । बैंकले उक्त हल निर्माण गर्नुका साथै विद्यालयललाई २० वटा कम्प्युटर तथा अन्य आवश्यक उपकरण पनि प्रदान गरेको छ ।
यस सहयोगले दृष्टिविहीन विद्यार्थीको आवश्यकता पूरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने बताइएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन सहयोग पुग्ने अपेक्षा लिएको बैंकको भनाइ छ ।