चीनको कृत्रिम सूर्य २०२० मै

बेइजिङ-चीनले स्वच्छ र असीमित ऊर्जाका लागि २०२० मै कृत्रिम सूर्य बनाउने भएको छ । राज्य स्वामित्वका मिडियाका अनुसार नियन्त्रित परमाणु फ्युजनको माध्यमबाट स्वच्छ तथा कहिल्यै समाप्त नहुने ऊर्जा उत्पादन गर्न सकिन्छ । एचएल–२ एम टोकाम्याकका अनुसार २०२० सम्म आगामी पुस्ताको कृत्रिम सूर्य बनाएर तयार गर्न सकिन्छ ।
जुनमा हुने काइल सिस्टमको आपूर्तिपछि यसको स्थापना कार्य सुचारु रूपमा चल्नेछ । यो उपकरणले इन्धनका रूपमा हाइड्रोजन तथा ड्युटेरिया ग्यासको प्रयोग गरेर सूर्यमा हुने प्राकृतिक प्रतिक्रियाको नक्कल बनाएर काम गर्नेछ ।
चीनको नेसनल न्युक्लियर कर्पोरेसनका अनुसार काम गर्ने साउथवेस्टन इन्स्टिच्युट अफ फिजिक्सका प्रमुख डुआन जुरुले भनेका छन्, “नयाँ उपकरण अधिक उन्नत संरचनाको रहेको छ । यसले नियन्त्रण मोडमा २० करोड डिग्री सेल्सियसभन्दा बढी ताप उत्पन्न गर्न सक्छ ।”
इन्टरनेसनल थर्मोन्युक्लियर प्रायोगिक रियाक्टर (आईटीईआर) परियोजनामा कृत्रिम सूर्यले चीनको भागिदारीका लागि महत्वपूर्ण प्राविधिक सहायता प्रदान गर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रयोगका निर्देशक गोङ जियान्जूले इस्टको अन्तिम लक्ष्य स्वच्छ ऊर्जा प्रदान गर्नु रहेको बताएका छन् । इस्टको प्रयोगमा प्राप्त तापमान सूर्यको आन्तरिक भागबाट लगभग सात गुणा अधिक हुनेछ, जुन लगभग १.५ करोड डिग्री सेल्सियस हुनेछ । गोङका अनुसार २०१७ मा प्रयोगात्मक तापमान लगभग ५ करोड डिग्री सेल्सियस थियो ।