नारायणटारमा एनसीसी बैंकको शाखा «

नारायणटारमा एनसीसी बैंकको शाखा

एनसीसी बैंकले काठमाडौंको जोरपाटी नारायणटारमा शाखा खोलेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नारायणटार जोरपाटीमा स्थापित शाखा कार्यालयको शुक्रबार उद्घाटन गरे । कार्यक्रममा प्रमुख चालिसेले यस क्षेत्रमा अन्य बैंकहरूको पनि उपस्थिति रहेको र एनसीसी बैंकले प्रतिष्पर्धि रुपमा सहज र गुणस्तरीय सेवा पुराउनुका साथै उक्त कार्यमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।
उक्त अवरसमा सोही नगरपालिकाका– ५, ६ र ७ का वडाध्यक्षहरू क्रमशः नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ प्रणालीमा समावेश गर्दै सेवा पुराउन सफल हुनेछ भन्दै शुभकामना व्यक्त गरेका थिए ।
लायन्स क्लबका व्यक्तित्वहरू अनन्त प्रसाद भेटवाल र कुमार सुवेदी एवं चामुण्डा माध्यमिक विद्यालयका प्राचार्य यादवप्रसाद पौडेलले समेत शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरूवाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा आफू विश्वस्त रहेको विचार व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरूको सहयोग र शुभेच्छा व्यक्त गरेअनुरुप यो शाखा बैंकका शाखाहरूमध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्