तेक्वान्दोमा भुपेनको स्वर्ण «

तेक्वान्दोमा भुपेनको स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।
पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक भएतापनि श्रेष्ठले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए ।
बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ अंकले हराएर स्वर्ण जित्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्