टुरिजम बोर्डले माग्यो नयाँ सीईओ «

टुरिजम बोर्डले माग्यो नयाँ सीईओ

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन गरेको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिने हुनाले बोर्डले सीईओका लागि आवेदन खुलाएको हो ।
जोशी वि.सं. २०७२ पुस २ गते सीईओमा नियुक्त भएका थिए । जोशीको उनको कार्यकाल सकिनुभन्दा २० दिनअघि विज्ञापन खोल्दै बोर्डले प्रमुख कार्यकारी अधिकृत हुनका लागि नेपाली नागरिक हुनुपर्ने, स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेका तथा विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख गरेको छ ।
इच्छुक व्यक्तिले नेपाल इन्भेस्टमेन्ट बैंकको नेपाल पर्यटन बोर्डको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेर आवेदन गर्ने सक्नेछन् भन्दै बोर्डले इच्छुकले २१ दिनभित्र आवेदन बुझाइसक्नु पर्ने पनि जनाएको छ ।
जोशी अन्तिम प्रतिस्पर्धामा जोशीसहित ज्ञानेश्वरप्रसाद महतो र ज्ञानेन्द्ररत्न तुलाधारसमेत चयन भएका थिए । तर, जोशी तुलाधर र महतोलाई पछि पारेर सीईओमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्