एभरेडी ब्याट्री नेपालमा विस्तार
काठमाडौं– एभरेडीले नेपालमा अल्टिमा अल्कालाइन ब्याट्रीहरू र डीएल १०२ साइरन टर्च ल्याएको छ । नयाँ अल्टिमा अल्कालाइन ब्याट्रीले खेलौना, भिडियो गेमहरू, र मेडिकल उपकरणहरू जस्ता उच्च–निकास यन्त्रहरूका लागि ८०० प्रतिशतसम्म लामो समयसम्म चल्ने शक्ति प्रदान गर्ने कम्पनीको दावी छ ।
जसले एभरेडीको उन्नत प्रविधिमार्फत उत्कृष्ट प्रदर्शन प्रदान गर्ने फोकसलाई बलियो बनाउने बताइएको छ । नयाँ प्रविधिमा आधारित साइरन टर्चले सबैका लागि सुरक्षाको आवश्यकतालाई जोड दिन्छ, विशेष गरी महिला, सुन्ने र बोल्ने क्षमता नभएका समुदायको नेतृत्वमा, उत्पादनलाई सशक्तिकरण र सुरक्षाको शक्तिशाली प्रतिक बनाइएको कम्पनीको भनाइ छ ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको यी उत्पादनले दैनिक जीवनलाई बढावा दिंदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानका साथ नेपाली बजारलाई सेवा पुर्याउने एभरेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको कम्पनीको भनाइ छ ।
एभरेडी इण्डष्ट्रिज एण्डिया लि.का एसबियु प्रमुख (ब्याट्रीज एण्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष अनिर्वान बेनर्जीले धेरै समय चल्ने शक्ति प्रवर्द्धन गर्ने अत्याधुनिक समाधान र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धता रहेको बताए ।