मार्सको १६ औं वार्षिकोत्सव

मार्स प्रालिले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्णरूपमा सञ्चालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको भन्दै कमपनीले डिजिटल मार्केटिङमा पनि कीर्तिमान प्राप्त गरेको जनाएको छ ।
१६ वर्षको समयावधिमा मार्स प्रालिले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्दै आएको पनि कम्पनीले जनायो । कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीको भनाइअनुसार १६ वर्षको सफल कार्यले हामीलगायत सम्पूर्ण टिममा उत्साह थपिएको छ ।