ग्राहकहरूलाई विशेष प्रतिशत छुट
सानिमा बैंक र दुसित प्रिन्सेस काठमाडौंबिच सम्झौता

काठमाडौं- सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंसँग छुट सम्झौता गरेको छ ।
सम्झौतापछि सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ क्यूआर स्क्यानमार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पूर्ण खानालगायत सेवामा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल भुक्तानी प्रयोग प्रोत्साहन गरिँदै आएको बताएको छ ।