Logo

एनसेलको नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– एनसेलले कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शिविरमा ३०० भन्दा बढी स्थानीयले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञले मुटु रोगलगायत विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो नि:शुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका–३ फुलिका स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ क्षेत्रमा शिविर आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्