Logo

हिरो मोटरसाइकलको दसैं अफर

काठमाडौं– सीजी मोटर्सले हिरो ब्राण्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैं–तिहार अफर ल्याएको छ ।

कम्पनीले हिरो ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिदमा ‘एक्कासी मालामाल’ नामक अफर सार्वजनिक गरेको हो । यसअन्तर्गत हिराका जुनसुकै मोडलका मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डबाट पाँच लाखसम्म नगद जित्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै, बम्पर उपहारमा ‘नेटा भी ईभी कार’ जित्न सकिने सीजी मोटर्सले जनाएको छ । कम्पनीले यसलाई ‘दसैं–तिहार २०८१ को बहार, दुई चक्के किन्दा चार चक्के उपहार’ योजना भनेको छ ।

यसै अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिदमा आठ हजारदेखि पाँच लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने कम्पनीले जनाएको छ । हिरोका मोटरसाइकल तथा स्कुटर हाल नेपालमै एसेम्बल भइरहेका छन् । नवलपरासीको सीजी इण्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्ट कम्पनीले बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्