गरिब बिरामी निःशुल्क उपचारबाट वञ्चित «

गरिब बिरामी निःशुल्क उपचारबाट वञ्चित

नेपालगन्ज । यस क्षेत्रकै सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अञ्चल अस्पतालमा उपचारका लागि आउने अधिकांश गरिब बिरामीले निःशुल्क औषधी र उपचार पाएका छैनन् । बिभिन्न जिल्लाबाट सो अस्पतालमा उपचारका लागि आउने बिरामीहरू निःशुल्क र औषधी र उपचारबाट वञ्चित हुँदै आएको उनिहरूको गुनासो छ ।
गाउँपालिकाले गरिब तथा विपन्न भनेर प्रमाणित गरेकाहरूले समेत निःशुल्क औषधी र उपचार नपाएको बाँकेको राप्तीसोनारीबाट विपन्न भएको सिफारिस गराएर सिफारिस पत्र लिएर उपचारका लागि आएका राजेन्द्र थारुले बताएका छन् ।
गाउ“पालिकाले प्रमाणित गरेको पत्र देखाउ“दा पनि एक्सरे र रगत जाँचका लागि पैसा तिर्नु परेको र औषधी पनि नदिएपछि बाहिर मेडिकलमा गएर खरिद गर्नुपरेको थारुले बताए ।
यस्तै बनकटुवाबाट उपचारका लागि भेरी अञ्चल अस्पताल आएका दिनेश थारुले पनि गरिब र विपन्नले पाउने औषधी नपाएको सुनाए । सरकारले गरिब र विपन्नलाई निःशुल्क औषधी र उपचार दिन्छ भन्ने कुरा धेरै पटक सुनेको जनाउँदै उनले तर आफुले त्यस्तो सुविधा कहिल्यै नपाएको गुनासो पनि गरे ।
राजेन्द्र र दिनेशजस्तै अञ्चल अस्पताल पुग्ने अधिकांश गरिब र विपन्न समुदायका बिरामीहरू निःशुल्क औषधि र उपचार पाउनबाट वञ्चित छन् । जसका कारण उनीहरूले राम्ररी उपचार नै नगराई फर्किने गरेका छन् ।
उता, अस्पताल प्रशासनले भने निःशुल्क औषधिका लागि साझास“ग सम्झौता गरेको छ । निःशुल्क उपचारमा सहयोगका लागि सामाजिक सेवा एकाइ समेत स्थापना गरेको छ । तर, पनि अधिकांश गरिब र विपन्नले निःशुल्क औषधी र उपचार नपाउँदा रोग बल्झाउन बाध्य छन् ।
उता, गरिबलाई सामाजिक एकाइबाट औषधि दिने व्यवस्था मिलाइएको जनाउँदै अञ्चल अस्पतालका प्रमुख डा. वीरेन्द्रबहादुर चन्दले त्यहा“ नभए साझाको फार्मेसीमा पठाउने गरेको बताए । उनले कुनै कारणले केहीले निःशुल्क औषधी नपाएको हुनसक्ने स्विकार्दै तर अधिकांशले नपाएको भन्ने कुरालाई बिश्वास गर्न नसकिने बताए ।
तर, आर्थिक अवस्था कमजोर भएकाले भने निःशुल्क उपचार नाम मात्रै भएको आरोप लगाउ“दै आएका छन् । चिकित्सले लेख्ने सबैजसो औषधि बाहिर गएर किन्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
निःशुल्क औषधि उपचार नपाएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी निजी क्लिनिक र अस्पालतमा जान बाध्य छन् । जहा“ उनीहरूले मह“गो शुल्क तिरेर उपचार गराउनु परेको उनको गुनासो छ ।
सरकारी अस्पतालमा स्वास्थ्य जा“च र औषधि निःशुल्क रहेकोे भनिएपनि अञ्चल अस्पतालमा सेवाग्राहीबाट विभिन्न नाममा शुल्क लिने गरिएको छ ।
इमरजेन्सी सेवाका लागि पनि २५ रुपैया“ शुल्क तोकिएको छ भने ओपीडीमा पनि शुल्क वृद्धि गरिएको छ । हरेक दिन सेवा लिनका थप १० रुपैया“ शुल्क निर्धारण गरिएको छ । अस्पतालमा औषधि नभएको भन्दै बिरामीलाई बाहिर औषधी किन्न पठाइन्छ ।

प्रतिक्रिया दिनुहोस्