ज्योति विकास बैंक र साइन फिटनेस र रिक्रिएसन सेन्टरबीच सम्झौता

काठमाडौं– ज्योति विकास बैंकले काठमाडौंस्थित साइन फिटनेस र रिक्रिएसन सेन्टरमा आफ्ना ग्राहकलाई छुट दिनेबारे सम्झौता गरेको छ ।
सम्झौतासँगै बैंकका ग्राहकले ठूलो भर्याङस्थित साइन इखाडोल फिटनेस तथा रिक्रिएसन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमको पनि व्यवस्था रहेको छ ।