Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई बुद्ध एयरमा आकर्षक छुट

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरु साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८प्रतिशत छुट दिने भएको छ । सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट एनआईएमबीका ग्राहकवर्गहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ । गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकवर्गहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्