दुई सय बढ्यो सुनको मूल्य
काठमाडौं– सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको एक हजार सात सय ५५ रुपैयाँ रहेको थियो ।