प्रोटेक्टिभ माइक्रोले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो प्रत्याभुतिकर्ता
काठमाडौं- प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी गर्नै भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई जारी गर्न लागेको एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको २२ करोड ५० लाख रुपैंयाँ बराबरको २२ लाख ५ हजार कित्ता शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन एवं बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो ।
एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय स्थापना गरि नेपाल बिमा प्राधिकरणबाट बिमा ऐन २०७९ तथा बिमा नियमावली २०४९ बमोजिम मिति २०७९/१२/२८ गते इजाजत प्राप्त गरि मिति २०८०/०३/३१ गते कारोबार सुरु गरेको हो ।
कम्पनीले सम्पत्ति बिमा, घर (आवास) बिमा, दुर्घटना बिमा, मोटर बिमा, स्वास्थ्य बिमा लगायतका लघु निर्जीवन बीमा सम्बन्धि सेवा ललितपुर, गुसिंगलमा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका तीन वटा शाखा, ११ उप–शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ । यस कम्पनी, कम्पनी ऐन २०६३ बमोजिम मिति २०७९ पौष १२ गते कम्पनि रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो ।