Logo

जनतालाई मर्कापर्ने काम नगर्न मेयर बालेनलाई आग्रह

फाइल तस्बिर ।

काठमाडाैं- सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिएका हुन् ।

उनले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर शाहले सुरु गरेको अभियान कहाँ पुग्यो ? भनि प्रश्न समेत गरे । काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरीत भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

सांसद पन्तले काठमाडाैंको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरे । सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्