Logo

सानिमा बैंक र श्री एयरलाइन्सबीच सम्झौता

काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ । डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंक र एयरलाइन्सबीच समझदारी भएको हो ।

बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपनेछ । बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्