अजोड इन्स्योरेन्स तथा एनआईसी एसियाबीच सम्झौता «

अजोड इन्स्योरेन्स तथा एनआईसी एसियाबीच सम्झौता

अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाइन भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
सहमतिसँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरूले बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्