Logo

जर्मन वाच ब्राण्ड नोमोस नेपाली बजारमा

काठमाडौं– जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ वर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा बिक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाइमपिसेस् नेपालले नोमसको नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाइण्डिङ र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाइनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाइनका रुपमा संसारभर प्रख्यात रहेको बताइएको छ । प्रिसाइज्ड टाइम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सर्वाधिकरुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो ।

प्रतिक्रिया दिनुहोस्