दोषी उम्काउन खोजिएको आरोप «

दोषी उम्काउन खोजिएको आरोप

अनुदानका सोलार बिक्री प्रकरण

जुम्लामा अनुदानका सोलार बिक्री प्रकरणले यतिबेला चर्चा पाएको छ । उर्जा प्रर्वद्धन केन्द्रले जुम्लाका लागि अनुदानमा पठाएको दुई हजार २ सय १ थान सोलार व्यापारी मिनबहादुर मल्लले प्रतिसोलार १३ सयमा बिक्री गरी ३३ लाख ठगी गरेको घटना बाहिरीएपछि पैसा फिर्ता गराउन दलित अगुवा तथा चन्दननाथ नगरपालिकाको न्यायिक समिति लागि परेको छ । सोही अनुसार नगरपालिकामा वितरण गरेको एक हजार सोलारका १५ लाखमध्ये ७ लाख ४० हजार र गुठिचौर ५ को २ लाख ७१ हजार रुपैयाँ मात्रै फिर्ता भएको छ ।
बाँकी रकम फिर्ता गराउने र व्यापारीलाई ठगी मुद्धा हाल्ने बहस भइरहेको बेला एकाएक तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाले कुनै विवाद नभएको भन्दै उर्जा प्रर्वद्धन केन्द्रलाई सिफारिस गरेपछि सोलार बिक्री प्रकरणले अर्को रुप लिएको छ । विगत ६ महिनादेखि सोलार बिक्री प्रकरणलाई बाहिर ल्याउन लागि परेको हाम्रो साझा वहुउद्देश्यीय सहकारले तत्काल बाँकी रकम पिर्ता गराउन माग गरेको छ । तर प्रशासनको मिलेमतोमा ठगिमा संलग्न भएका व्यापारी मल्ल सम्पर्क विहिन भएको बेला नगरपालिकाले विवाद नभएको बताउनुमा मिलेमत्तो भएको आशंका गरिएको छ ।
मंगलबार सहकारी अध्यक्ष मनसुर सुनारसहितको टोलीलले मेयर कान्तिका सेजुवालसँग घटनाको छानविन प्रक्रियाका बारेमा जवाफ मागेको छ ।
हचुवाको भरमा सिफारिस
मेयर कान्तिका सेजुवालले तिला र तातोपानीको पत्र आएको र सोही पत्रकै आधारमा सिफारिस पत्र दिएको बताइन् । उनले तातोपानी नगरपालिकाले पठाएको पत्रकै आधारमा बिना अध्ययन आफूहरुले पनि सिफारिस गरेको बताइन् । उर्जा प्रवद्र्धन केन्द्रले पनि भुक्तानी दिइ सकेको जानकारी गराएपछि सोही अनुसार फिारिस गरेको मसेजुवालको भनाइ छ ।
‘दोषी उम्कीनु पर्छ भन्ने मेरो मान्यता होइन’ उनले भनिन्, ‘यसलाई राजनीतिक रंग दिन खोजिएको होइन, उर्जा प्रर्वद्धन केन्द्रले नै मलाई झुक्यायो ।’

 

प्रतिक्रिया दिनुहोस्