Logo

आरबीबी म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं– आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा गरेको हो ।

बैठकले आरबीबी म्युचुअल फण्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आरबीबी म्युचुअल फण्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ ।

भदौ ३१ गते फण्डको बुक क्लोज मिति तय गरिएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्