Logo

एनसेल एपमा पुलिस रिपोर्टको सुविधा

काठमाडौं– एनसेलले आफ्नो एपमार्फत पुलिस रिपोर्ट लिनका लागि आवेदन दिन सक्ने सुविधा ल्याएको छ । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ ।

सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो । प्रयोगकर्ताले पुलिस रिपोर्टको लागि सिधै एपबाट आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।

एनसेलले नेपाल प्रहरीको वेबसाइटमा आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि नि:शुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवा लिन यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुन: परिभाषित गरेको छ र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रुपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्